
२०७७ चैत्र १४ तिलोत्तमा। होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ ।
स्वत:स्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ ।संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
कमेन्ट गर्नुहोस्