लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि

IMG

तिलोत्तमा २०७७ चैत्र १३। हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम क्षेत्रका नाकाबाट प्रवेश गरेकाहरुमा संक्रमण देखिएको छ । उनले भने, ‘उहाँहरुलाई आइसोलेसनमा राख्न निर्देशन दिएका छौं ।’ छिमेकी मुलुक भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । त्यहाँ कोरोना भाइरसको ‘डबल म्युटेट भेरियण्ट’को भेटिएपछि उच्च सतर्कता अपनाइएको छ ।


नेपालमा पनि नयाँ भेरियन्ट संक्रमण फैलिएको जनस्वास्वास्थ्य विज्ञहरुले आशंका गरेका छन् । तर हालसम्म नेपालमा नयाँ भेरियन्टको कोरोना पुष्टी गर्न जिन सिक्विन्सिङ काम भएको छैन । जिन सिक्विन्सिङ गर्न प्राविधिक कुराहरु मिलाइरहेको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की प्रमुख डा. रुना झाले बताइन् ।उनका अनुसार त्रिभुवन विश्वविद्यालय माइक्रोलोजी विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र एनपीएचएलको सहकार्यका जिन सिक्विन्सिङको काम भइरहेको छ। ‘अबको केही दिनमा हामी जिन सिक्विन्सिङ  गर्न सक्षम हुन्छौं’ डा. झाले भनिन् ।

कमेन्ट गर्नुहोस्