लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामीको आयोजनामा समुदाय अभिमुखीकरण तालिम सम्पन्न

IMG

तिलोत्तमा २०७७ चैत्र १२। सुरक्षित आप्रवासन परियोजना(सामी)को आयोजनामा समुदाय अभिमुखीकरण तालिम सम्पन्न  भएको छ। परियोजनाले सहि सुचना र सिप लिएर वैदेशिक रोजगारमा जान चाहने सम्भावित कामदारलाई “स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ” भन्ने उदेश्यका साथ सो अभिमुखीकरण तालिम दिएको परियोजना संयोजक सीता पन्थ भण्डारीले बताउनुभयो। वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्नका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको संयोजक भण्डारीको भनाइ छ।


रुपन्देहीका ४ स्थानिय पालिकामा संचालान गरिएको सो कार्यक्रमको दौरानमा तिलोत्तमा नगरपालिका- २ को सिद्धार्थटोल र वडानम्वर ८ को प्रदिपनगरमा समुदाय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । वडा नम्वर २ सिद्धार्थ टोलका १७ जना र वडा नम्वर ८ प्रदिपनगरका २३ जनाको सहभागिता रहेको सो कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जियाहुल हकको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न चित्र मार्फत सिकाई विधिको प्रयोग गरिएको थियो। सहभागिहरुले वैदेशिक रोजगारमा जादा सहि सुचना र सीपको महत्व, कागजपत्रको सुरक्षा र त्यसको महत्व ,घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जादा विचार पु¥याउनुपर्ने कुराहरु वारे सहजीकरण गरिएको थियो।


कार्यक्रमको सञ्चालन परियोजना संयोजक सीता पन्थ भण्डारीले गर्नुभएको थियो। नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षिय समझौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी रुपन्देही जिल्लाका ४ वटा स्थानिय तहहरु, सिद्धार्थनगर नगरपालिका,बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिका,कञ्चन गाउँपालिकाको नेतृत्वमा सञ्चालित छ ।


कमेन्ट गर्नुहोस्