
तिलोत्तमा २०७७ चैत्र १२। देशमै नमुना र उत्कृस्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवा बेरोजगार हटाउन स्वोरोजगार तालिम संचालन गर्ने भएको छ। नगरपालिकावाट युवाहरुलाई पूर्ण रोजगारीको सुनिश्चितता सहित प्रबिधि मैत्री तालिम र त्यस अनुसारका सीप विकास तालिमहरु संचालन गर्न लागिएको सुचना, संचार तथा प्रबिधि उपशाखाका प्रमुख इन्जिनियर सुदीप ढकालले बताउनुभयो। उहाले सिपसंगै रोजगारको सुनिश्चितता हुन चाहने युवाहरुले तालिम लिन सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा आवेदन भर्न सुझाउनुभयो।उहाले प्रशिक्षार्थीहरुबाट तालिम बापत कुनै शुल्क नलिइने र तालिम सामग्री समेत नि:शुल्क उपलब्ध बताउनुभयो। तर धरौटी वापत रु.तीन हजार मात्र लिइने उहाको भनाइ छ।
सो स्वरोजगार तालिम अवधि ६ महिनाको हुनेछ भने २ महिना पूर्ण तालिम हुनेछ। बाकी ४ महिना OJT हुने र OJT को समयमा प्रति महिना रू.पाँच हजार खाजा तथा यातायात खर्चको रूपमा प्रशिक्षार्थिलाई उपलब्ध गराइने इन्जिनियर ढकालको भनाइ छ । तालिमका बिषयमा तिलोत्तमा सिटीसंगको कुराकानीमा शाखाप्रमुख इन्जिनियर ढकाल भन्नुहुन्छ -"यो तिलोत्तमा नगर भित्र बसोबास गर्ने युवाहरुलाई ठुलो अवसर हो , यस अवसरको भरपुर उपयोग गरि म्याद ननाघ्दै आफ्नो आवेदन दिनुहुन हामी निबेदन गर्दछौ।" बेरोजगार समस्याको समाधान गर्ने पहिलो खुड्किलोको रुपमा यस तालिमलाई लिइएको बताउदै उहाले देशकै नमुना नगर तिलोत्तमाको अबको मिसन बेरोजगार हटाउनु भएको उल्लेख गर्नुभयो।
कमेन्ट गर्नुहोस्