
तिलोत्तमा २०७७ चैत्र १२। आर्थिक वर्ष २०७६/७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै तिलोत्तमा नगरपालिकालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो ।पुरस्कार ग्रहण कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए । उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेलाई सो पुरष्कार प्रान गरेका हुन्।
तिलोत्तमासँगै संघले आर्थिक तथा राजस्व प्रशासनतर्फ कन्काई नगरपालिका र शहरी योजना तथा वातावरण व्यवस्थापन तर्फ वालिङ नगरपालिका लाई पुरस्कृत गरेको छ । राससका अनुसार, शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो। नेपाल नगरपालिका सङ्घले विभिन्न तीन विधामा देशभरका नगरपालिकामध्येबाट स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट घोषणा गरेका हुन्। वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजस्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो।
कमेन्ट गर्नुहोस्