
तिलोत्तमा २०७७ चैत्र ९ । निकै उतार चढाव र बाझिए पछि नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ । उनीहरुलाई स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।
सोमबार महासचिव ईश्वर पोखरेलद्वारा जारि स्पस्टिकरण पत्र पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले चारै नेताका घरमा पुर्याएको बताइएको छ । स्वकीय सचिवहरूमार्फत् खामबन्दी स्पष्टीकरणपत्र पत्र थमाइएको हो । यस्तै, घनश्याम भुसालको मोबाइल स्वीच अफ र अर्का नेता रावलले भने स्पष्टीकरणपत्र बुझ्न अश्वीकार गरेपछि लेटर बक्समा पत्र राखिएको बताइएको छ । पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको ओली समूहको भनाई छ । स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ ।
कमेन्ट गर्नुहोस्