
तिलोत्तमा २०७७ चैत्र ७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ ।
कमेन्ट गर्नुहोस्