
तिलोत्तमा २०७७ चैत्र २। बुटवलको कालिकापथमा १३२ केभिको ट्रान्समिसन लाइनको तार खस्दा कारमा क्षति भएको छ । र्ममतको क्रममा होराइजन चोक नजिक सोमबार हाइटेन्सनको तार खस्दा बा २० च ७४५ नम्बरको कारमा क्षति पुगेको हो । ‘म यौगिकुटिबाट तिनकुने तर्फ आउँदै थिए कारका चालकले भने ‘कुनै सावधानी नअपनाई सडक छेउको रुख काट्दा ट्रान्समिसन लाइनको तार लच्केर सडकमा आएको हो।
’यति ठूलो जोखिमको काम गर्दा पनि निर्माणकर्ताले सडकका सवारी साधन र मानिस नहटाई काम गर्दा सो दुर्घटना हुन पुगेको कारका चालकले बताए । ‘संयोगले गाडीको स्टार्ट बन्द नगरेको हुँदा ठूलो दुर्घटना भएन् उनले भने ट्रान्समिसन लाइनको तार कार माथि खसेसँगै कार बिग्रिएको छ । ’१ सय ३२ केभिको तार खस्दा करेन्ट लागेर तुरुन्तै मानिसको मृत्यु वा आगलागीको जोखिम पनि हुने भएपनि ठूलो जोखिम टरेको नेपाल विधुत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
कमेन्ट गर्नुहोस्