लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतिया गाउँपालिकाको रक्तदान

IMG

ओमसतिया गाउँपालिका रुपन्देहीले १११ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।गाउँपालिका वार्ड न १ को मगर भवनमा आयोजित कार्यक्रममा १५  जना महिलाले रक्तदान गरेको महिला तथा   बालबालिका शाखाकी  प्रमुख निर्मला पाण्डेले बताइन् । हरेक वर्ष मार्च ८ मा विभिन्न कार्यक्रम गर्दै आएको र  यो वर्ष महिलाले मात्रै रक्तदान गर्ने योजना अनुसार पालिकामा रहेका महिला सहकारी सँग समन्वय गरि रक्तदान कार्यक्रम गरेको कार्यपालिका सदस्य चुमकला बस्यालले बताइन् ।



कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष  हिरा केवट राहुलले रक्तदान असाध्य महत्त्वपूर्ण कार्य  भएको बताए ।रगतको अभावले कसैको पनि ज्यान नजाओस् भनेर यस्तो अनुकरणीय कार्य गरेकोमा महिला  कार्यपालिका सदस्य र महिला कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल ,कार्यपालिका सदस्य चुमकला बस्याल , कार्यपालिका सदस्य गंगा सुनार , नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भिष्म के सि  लगायतले बोलेका थिए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष सुन्दरमती कुमारी  हरिजनको अध्यक्षता, अधिकृत छैठौ रुपा थापाको स्वागत र कार्यक्रम संचालन महिला तथा बालबालिका शाखाकि  प्रमुख निर्मला पाण्डेले गरेकी थिइन। 

कमेन्ट गर्नुहोस्