
तिलोत्तमा २०७७ फागुन २५। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रिमासन हस्पिटल मणिग्रामले एक बिरामीलाइ हेलिकोप्टरमा ल्याएर राख्दा १० हजार चार्ज काटेको छ। साजन कार्कीले आफ्नो फेसबुक वलमा पोस्ट गर्दै यो कुरा बताएका हुन्। उनले आफ्ना एक भाइ दुर्घटना मा परि उपच्गरको लागि काठमाडौँ जानापर्नेमा अस्पताल बाट बाहिरिन २० मिनेट लाग्दा हेलिकोप्टर पार्किङ्ग गरेको चार्ज १० हजार बिल आउदा छक्क परेका छन्।
उनले आफ्नो फेसबुकमा बिल सहित पोस्ट गर्दै यस्तो कारणले आफु मात्र नभएर हुदा खाने बर्गका लागि यो दुखद भएको बताएका छन्। कसैको छिटो उपचारले ज्यान बच्छ तर उसंग पैसा नभएपछी मर्न पर्ने यो कस्तो बाध्यता हो ? उनले अस्पताल प्रसासन समक्ष यो प्रश्न सोधेका छन्। बिरामी अभिषेक खत्रीको नाममा काटिएको हेलिकोप्टर पार्किङ्ग शुल्कमा १० हजार रुपैया रकम अस्पतालले तिराएको छ।
कमेन्ट गर्नुहोस्