लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादलको नेतृत्वमा टोली

IMG

२०७७ फागुन १८ गते, तिलोत्तमा। नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।


गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।विप्लव समूहले प्रतिबन्ध फुकुवा,जेल र हिरासतमा रहेका नेता कार्यकर्तालाइ बिनासर्त रिहा गर्नुपर्ने र अहिलेसम्म लगाइएका मुद्धा खारेज गर्नुपर्ने ३ वटा माग राखेका छन् । भने अहिलेसम्मको समीक्षा सभा,अन्तरिम सरकार गठन र बैज्ञानिक समाजबादको यात्रामा जानुपर्ने माग राखेको छ ।




कमेन्ट गर्नुहोस्