लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छोरीलाई जबरजस्ती करणीको आरोपमा बुवा पक्राउ

IMG

कपिलवस्तु,फागुन १५,२०७७। कपिलवस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटाले छोरीलाई जबरजस्ती करणी गर्ने बुवालाई पक्राउ गरेको छ । सोमबार रातको समयमा आफनै छोरीलाई करणी गरी फरार रहेका आरोपीलाई प्रहरीले खोजतलास जारी पक्राउ गरेको छ । फरार रहेका आरोपीलाई विहीबार पक्राउ गरी सार्वजनिक गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।


आरोपीलाई चन्द्रौटा बजारमा लुकी छिपि हिडिरहेको अवस्थामा पक्राउ गरीएको हो । कपिलबस्तु जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक खरेलले जानकारी दिनुभयो ।  प्रहरीले बुवा र छोरीको परिचय गोप्य राखेर अनुसान्धन गरीरहेको जनाएको छ ।यसै विच स्थानिय नागरिकहरुको सुबिधालाई मध्यनजर राख्दै कुनै घटनाको बारेमा प्रहरीलाई  जानकारी गराउन ९८५७०१४८१३ सम्पर्क नम्बर समेत प्रहरी कार्यालयमा थप गरिएको छ ।उक्त  सम्पर्क नम्बरमा  समेत सम्पर्क गरी कुनै घटनाको वारेमा तथा अन्य कुराहरुमा समेत जानकारी गराउनुहुन  सम्पुर्णलाई प्रहरीले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्