
तिलोत्तमा, फाल्गुन १५,२०७७। रुपन्देहीको सैनामैनामा दुईवटा मोटरसाईकलले एउटै साईकल यात्रीलाई ठक्कर खाँदा एकजनाको ज्यान गएको छ । पश्चिमबाट बुटवल तर्फ आउँदै गरेको दुईवटा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले सैनामैना १ वर्मा चौकमा सडक किनारमा साईकल चलाईरहेका यात्रुलाई ठक्कर दिएर लडाएको र सोहि सडकमा लडेका ब्यक्तिलाई पुनः तिब्रगतिमा आएको लु १५ प ५५६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार घाईते भएका मोटरसाईकल चालक र त्यमा सवार अन्य घाईतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । मृत्यु हुने साइकल यात्रीको पहिचान नखुलेको प्रहरीको भनाइ छ।
कमेन्ट गर्नुहोस्