लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूपू सैनिकले गर्याे रक्तदान,६१ युनिट रगत संकलन

IMG

तिलोत्तमा ,फागुन १४ । भूपू सैनिक बहुउद्धेश्यीय सहकारी सस्था तिलोत्तमा-१ डाईभरटोलले रक्तदान कार्यक्रम गरेको छ  । लाहुरे जीवनबाट रिटायरभएका रुपन्देहीका जिल्लाभित्रका भूपू पेन्सनरहरुले आफ्नै सहकारी खोलेर  परीवारलाई स्वरोजगार बनाउने र  बिभिन्न सिपमुलक तालीम तथा आयमुलक कार्यक्रम चलाइरहेका छन् ।रक्तदान कार्यक्रम्मा बोल्दै सस्थाका सल्लाकार तथा मेजर जेबि खडकाले  भुपुहरुले  सहकारी मार्फत सामाजिक काम गर्दै आएको बताए । 

समाजलाई सुन्दर हराभरा बनाउन समय समयमा जनचेतना मुलक कार्यक्रम समेत गरेको बताए ।पैसा जम्मा गर्ने मात्र नभै सामाजिक कार्यमा समेत भुपुहरुको भुमिका  रहेको सहकारीका अध्यक्ष सु मेजर राजकुमार केसीले बताए।कार्यक्रममा सस्थाका  सचिब क्यापटेन कृष्ण बहादुर अधिकारी  लगायतले बोलेका थिए  । रक्तदान कार्यक्रममा ६१ युनिट रगत सँकलन भएको कार्यक्रम संयोजक तथा संस्थाका  कोषाध्यक्ष  क्याप्टेन भिम बहादुर भन्डारीले बताए  ।सहकारीले मैनबत्ती बनाउने, सेनेटरी प्याड बनाउने जस्ता तालीमहरु समेत सन्चालन गदै आएको अध्यक्ष केसीले बताए  ।

कमेन्ट गर्नुहोस्