
बुटवल,फागुन ११- निशानको नयाँ कार म्यागनाईट रुपन्देहीको बुटवलमा लन्च गरिएको छ ।निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा मंगलबार म्यागनाईट बिग बोल्ड बिउटिफुल कार लन्च गरिएको हो ।अटोभिल्लाका संचालकद्वय दिपक श्रेष्ठ र दिनेश श्रेष्ठका ममतामयी माता श्रीमती शान्तिदेवि श्रेष्ठले दियो बालेर उद्घाटन र कारको लन्च गरेका छन। विश्वमा नै चारपाग्रे सवारीमा निशान उपभोक्तामाझ एक नम्बरमा रुचाईएको सवारीमा पर्दछ ।जापानिज डिजाईनमा भारतमा निर्माण भएको कार आकर्षण डिजाईन, सुरक्षा प्रणाली अप्नाईएको र आरामदायीको श्रेणीको भएको उनले बताए ।
संचालक दिनेश श्रेष्ठले लन्चिङकै मंगलबारदेखि औपचारिक बुकिङ शुरु भएको बताए । पहिलो दिन ८ वटा सवारी बुक भएको श्रेष्ठले बताए । अहिले यो दुई भेरिएन्टमा कार उपलब्ध रहेको उनले बताए ।एचआरएओ इन्जिन टर्बो पेट्रोल इन्जिन र १.० बिफोरडी पेट्रोल इन्जिन रहेको छ। २९ लाख ४९ हजार देखि ४२ लाख ७९ लाखसम्मका सवारी रहेको उनले बताए । बेष्ट ईन क्लास फ्युल ईकोनोमी टर्बोमा २० र नर्मल १८ किलोमिटर पर लिटर दिन्छ। समयसापेक्ष सुविधासम्पन्न र नेपालको बाटो उपयोगी कार भएको उनले दाबी गरे ।कारमा भिडिसि, एससिएल, एयर ब्याग, एबिएससंगै नर्मल अडियो र एप्पल कार प्लेयरका साथै एन्टी लक सिस्टमको सुविधा रहेको छ ।मंगलबार कार बुक गरेका बुटवलका आशिष भुषाल, प्रवेश मानन्धरलाई साँचो हस्तान्तरण गरिएको छ । यसअघि निशानले स्पोर्ट्स, कम्प्याक्ट कार, क्रसओभर, सेडन क्याटगोरीमा आरिया, माईक्रा, सन्नी, सेन्ट्रा, रफ, अल्टिमा, जुक, सुभस, लगायत कार बजारमा ल्याईसकेको छ।
कमेन्ट गर्नुहोस्