लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेटिङ भत्किसक्याे, सर्वाेच्चले संसद पुनर्स्थापना गर्छ : अध्यक्ष दाहाल

IMG

तिलोत्तमा २०७७ फागुन  १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोआन्दोलनरत पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको सेटिङ भत्किसकेकाले केही दिनभित्रै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गर्नुभएको छ ।संसद् विघटन मुद्दामा सर्वोच्च अदालतले यही साताभित्र फैसला गर्ने चर्चा चलिरहेका बेला आइतबार प्रवासी नेपालीसँग भर्चुअल सम्बाद गर्दै अध्यक्ष दाहालले संसद् पुनर्स्थापना हुने दाबी गर्नुभएको हो ।


अध्यक्ष दाहालले भन्नुभएको छ, ‘केपी ओलीको तथाकथित ‘सेटिङ’ भत्किसकेको छ, केही दिनमै अदालतले संसद् पुनर्स्थापना गर्छ। अहिले माहोल सकारात्मक बनेको छ।’ निर्वाचन आयोगले आफू नेतृत्वको नेकपालाई वैधानिकता दिने पनि दाहालले दाबी गर्नुभएको छ ।संसद पुनर्स्थापना गर्न लागेको संकेतकै कारण प्रधानमन्त्री ओली विक्षिप्त भएर बर्बराएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘केपीजीले विक्षिप्त भएर अदालतविरुद्ध आन्दोलन गर्छु भन्नुभयो, उपराष्ट्रपति, सभामुखलाई अपमान गर्ने काम गर्नुभयो। परिपक्व प्रदेश प्रमुखलाई बर्खास्त गर्नुभयो। यसले पनि उहाँ छट्पटिँदै जानुभएको देखिन्छ।’

कमेन्ट गर्नुहोस्