
तिलोत्तमा, २०७७ फाल्गुण ६ गते। तिलोत्तमा नगरपालिकामा पूर्ण खोप सुनिश्चितताको सन्दर्भमा भए गरेका काम तथा आगामी कार्यनीति तर्जुमाको बारेमा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्य संस्थाका ईञ्चार्ज तथा खोपको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
नगर उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षकको रुपमा युनिसेफका नविन सुवेदीले सहजीकरण गर्नुभएको थियो । सरकारले बाल स्वास्थ्यमा सुधार ल्याउन उनीहरुको अधिकार रहने गरी हाल विभिन्न १२ प्रकारका खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक कहीँकतै छुटेका बालबालिकामा खोपको सुनिश्चितता खोजौं र खोपौं अभियान चलाइएको छ । हाल नियमित रुपमा संचालन भैरहेको खोप कार्यक्रम कोरोना भाइरसको जोखिमको समयमा पनि तिलोत्तमा नगरपालिकाले नियमित खोपलाई स्वास्थ्यको मापदण्ड पालना गर्दै नियमित संचालन गरेको थियो।
कमेन्ट गर्नुहोस्