- गौतम प्रतिभा
हजुरआमाले भनेको सम्झिन्छु “छोरी आफ्नो भाग्यमा भयजती मात्र पाईन्छ। समय भन्दा अघी र पछी केही हुँदैन । धैर्य गर्नुपर्छ । भाग्यमा भए भन्दा धेरै र कम पनि पाइन्न। आफ्नो गाउ आफ्ना आफन्त छोडेर कैले पनि कतै नजानु जीवन सधैं खल्लो हुन्च । असहाए भइन्छ”। शायद जीवनका धेरै हन्डर खानु भयकी आमा सही हुनुहुन्थ्यो। आज आमाकी प्रिय नातिनी ठीक त्यस्तै अनुभव गर्दै छे ।
सधैं जस्तै आज पनि चसक्क दुख्यो मुटु! घोचाइ मुटु भित्र हुँदै सारा नशा नशाको परीक्रमामा लाग्यो ।हुन त यो पहिलो अनुभव भने होइन । यस्ता घोचाइ र दुखाइहरु ठुला ठुला भिडहरु भित्रबाट सानो मुटुभित्र बोक्छु अनी कैलेकाही कार्यस्थलमा सिनियर हरुको आँखा छलेर, कैले बाटा चौबाटाहरुको प्रेमिल घुम्तिहरुसँग त कैले बाथरुमको मनतातो पानीको स्पर्श सँग घन्टौ स्नान गरेको बहाना गरी पोख्ने गर्छु।
धेरै पल्ट ठेश लागेको छ! घाऊ नलागेको पनि होइन। ति अधीकांश घाऊहरुसँग शायद म अभ्यस्त भैसकेकी हुनुपर्छ! त्यसैले होला, ति घाउहरु प्रस्ट देखिन्थे! रगताम्मे हुन्थे! दुख्थे पनि !तर कस्तो अचम्म !ति सबै दुखाइ र घाऊहरुले कैल्यै आँखा रुझाउन सकेनन! मुटु डस्न सकेनन! अनि फेरी आज जतिले मन र आँखा रुझाउदै छन ; न त त्यहां घाऊ देखिन्छ्, न त कुनै खत, न त कतै डोब नै !फेरी पनि आँखाहरु रुझिरहन्छ्न निरन्तर !ओभाना हुने नामो निशान लिन्नन! अनि आफ्नै आँखाले शंका र प्रश्नको नजरले आफैंलाइ पालै पालो हेर्छन। म अवाक बन्छु उतिबेला! के मेरो लागि यो नयाँ खाले पिडा थियो त? के म बानी नपरेकी भयरै यस्तो भयको हो त ?जती भोग्दै गयो उती अझै गहिरिंदै जाने यस्तो खाले पिडा बानी परेपछी घट्दै जाला भनेर पनि कसरी विश्वाश गर्न सक्थेँ र!
कस्सम ! अचेल मलाई चाडवाड मन पर्दैन । तिनको आगमनले उमङ होइन बरु चर्को पिडा दिन्छ ! ठ्याक्कै काँडाहरुको बिच्यौनामा सुतेजस्तै! जता फर्केर जसरी सुतेपनि र नसुतेपनि पिडा नै हुने ! मम ड्याड्की जेठि छोरी सबैकी ठुली दिदी अझै हजुर आमाकी जेठि नातिनी चाडवाडमा अलग्ग रहंदा उता पनि मन उसै गरी अमिलो हुँदो होला! दशैको टिका होस या श्राद्दको बेला म पुगेर टिका नलाउन्जेल केही नखाने हजुरामाको मन अचेल मलाई सम्झेर कति कुटु कुटु खादो होला! त्यसैले त होला मेरी आमा कैले कैले मलाई स्काइप तिर देख्दा शब्द भन्दा धेर आसुँ बोल्नुहुन्छ !
समय बित्दै जाँदा आफन्त धेरै हुन्छ्न ! साथीहरु पनि अनगिन्ती भेटिन्छ्न् ! तर मुस्किलले कतै कतै कोइ कोइ मात्र आत्मिय लाग्छ्न ! आत्मिय हुन्छ्न ! कोइपनि आफन्त पर्दैमा र संगै बस्दैमा कहाँ आत्मिय लाग्ने हुन र! आत्मियता न त पुर्वाग्रही हुन्छ न त सुनियोजित नै! सम्बन्ध साईनो र आत्मियता भनेका बिल्कुल अलग हुने भयर नै त होला नि सबै साइना र सम्बन्ध आत्मिय नलाग्ने! यो बिरानो शहरको भिडहरुमा म त्यही आत्मियता खोजिरहन्छु प्रत्यक चेहेराहरुमा! भेट्दिन ! अन्तत थाक्छु ! लामो सुस्केरा सँग फेरी एक पल्ट हजुरामाको याद पिउछु र बाँकी अरु पाइला सार्नको लागि शक्ती सन्चय गरेर बिस्तारै उठ्ने गर्छु! हरेक साझा! हरेक बिहान!
कमेन्ट गर्नुहोस्