लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश स्थापनाको तीन वर्ष, मुख्य उपलब्धी नाम र राजधानी

IMG

तिलोत्तमा,२०७७ फाल्गुन ६। लुम्बिन्री प्रदेश सरकार स्थापनाको तीन वर्ष पुरा भएको छ ।स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । दाङमा कार्यक्रमको आयोजना गरिएको छ ।लुम्बिनी प्रदेश सरकारको ३ वर्षको मुख्य उपलब्धी प्रदेशको नाम र स्थायी राजधानी रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् ।


दाङको समारोहलाई प्रदेश प्रमुख धर्मनाथ यादब, मुख्यमन्त्री पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम राखिएको मुल आयोनक समितिले जनाएको छ ।स्थापना दिवसको अवसरमा फागुन २ गते देखिनै बिभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको छ ।सोहि अवसरमा प्रदेश प्रमुख यादबले शुभकामना ब्यक्त गरेका छन् । प्रदेशवासीका नाममा शुभकामना ब्यक्त गर्दै उनले समृद्ध प्र्रदेश सुख्री जनाताको नारालाई कार्यान्वयन गर्न गराउन आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्