
तिलोत्तमा, २०७७ फाल्गुण १ गते। शनिबार बुटवल बिहानै देखि झकिझकाउ थियो। म कहा छु भन्ने लाग्थ्यो आज, हिजो त्यसै सुतेकालाई बिहानै उठेर हाइवे जादा। कार्यकर्तासंगै नेकपा ओली पक्षका नेता तथा आयोजक नेकपा लुम्बिनी प्रदेश सभा ब्यबस्थापन मै ब्यस्त देखिन्थ्यो। आफ्नै हातमा डाडु पनियो भन्ने उखान त्यति बेला चरितार्थ देखियो जतिबेला हाइवे देखि ३ किलोमिटर टाढा भएको सभालाई हाइवे साफ पारियो। तर पश्चिम हाइवे देखि भित्र ठेलमठेल गाडी र अटोले साइकल , मोटरसाइकल , साना गाडी तथा अन्य सवारीका मान्छे लाइ सास्ती भोग्नु परेको स्पस्ट देखिन्थ्यो।
स्रोतका अनुसार आयोजक कमिटिले चुस्त ब्यबस्थापन गर्न नसकेको समग्रमा देखिन्थ्यो। सिद्देश्वरी मैदानमा भएको सभामा उपस्थितले पानी सम्म खान नपाएको बाहिर आउदा गाइगुइ सुनिन्थ्यो। चाहे त्यो स्तेझकाले होस् या बाहिरकाले। सुरक्षा कर्मी चारैतिर तैनाथ गरेर पनि बाहिर हाइवे देखि सभासम्म ट्राफिक अस्तव्यस्त हुनु डाडु पनियोको उचित ब्यबस्थापन र गृहकार्य नहुनु हो। यस अघि बुटवल मा भएको यस्तै नेकपाको अर्को पक्षले गरेको सभा भन्दा कैयौ गुणा फितलो ब्यबस्थापनले प्रधानमन्त्री ओलीलाई हेर्ने र उनको भाषण सुनेर मज्जा लिन पाएनन। हाइवेका पोल पोलमा झुण्डिएका ओलीलाइ हेरेरै कत्तिले चित्त बुझाए।
तानसेन-१ पाल्पाबाट आएका बिर बहादुर राना मगर सभा हेर्न आएको तर बुटवल बजार पसेर गएको बताएका छन्। त्यस्तै तिलोत्तमा-४ निवासी अर्जुन केसीले २ किलोमिटर परै गाडी छोडेर हिड्दै गएपनि ओलीले बोलेर सक्किदा बल्ल सभामा पुगेको तितो अनुभव सुनाउछन। सैनामैना बाट आउने नेकपा ओली पक्षकि कार्यकर्ता बिमला ज्ञवालीको पिडा पनि त्यस्तै छ। र्याली भोकभोकै बिहानै हिड्यो तर सोहि सभा स्थानमा खानको ब्यबस्था छ भनेर आइयो तिर्खा लाग्दा पानी पनि पाइएन भन्दै नजिकैको पसलमा पानी किनेर खादै थिइन्। त्यस्तै सुख्खा नगर घर भै ब्युटिपार्लर संचालन गरेकी चन्दा गाहाले बुटवल बाट समान लिएर आएको तर आफ्नै पसल सम्म आउन ४ बजे सम्म कुर्न परेको नमिठो अनुभव सुनाइन। सभा राजनीति र तिनको कुर्चीका लागि गर्ने, भाषण मा गरिब दुखीको कुरा गर्ने तर ब्यबहारमा काम गरेर खानेलाई यो सास्ती भोगाउने भन्दै चर्किएकि ब्युटिसियन गाहाले ग्राहक कुराएर ४ घण्टा पछि पसल पुगेको बताउछिन। त्यसो त सभा सकिने बित्तिकै सभा स्थलमा सरसफाई गर्न सिकाएर गएको नेकपाको अर्को पक्षले ओली पक्षलाइ सिकाउन सकेन। जस अन्तर्गत कार्यक्रम सकिएको ढिलो समय सम्म कार्यकर्ता तितरबितर भए तर त्यसप्रति कसैको ध्यान गएन।
शासन गर्ने र विधिको कुरा गर्ने हरुनै भाषणमा गरिव दु:खी र सर्बहारा वर्गको उत्थानको कुरा गर्छन तर तिनैका सुरक्षा र सेवामा मात्र ब्यबहार देखिएकोमा जनताले सास्ती भोग्नु परेको कुरा नौलो भने होइन। जना आन्दोलन ६२/६३ अगाडी तत्कालिन राजा ज्ञानेन्द्र आउदा समेत नदेखिएको सुरक्षा केपी ओलीलाई किन ? यदि ओली राजनेता हुन् भने सडकमै आएर एक एक व्यक्तिसंग अंकमाल गर्दै या उनीहरुकै पंक्ति बाट जनताकै सुरक्षामा किन सभा सम्म जना सक्दैनन्। के यस्तै नेताहरुको कुर्सी र राजनीतिको लडाइमा जनता सधै मिचिने हो ? यसबारे आयोजक र स्वयम् पार्टीले अबका सभामा सोच्न जरुरि देखिएको छ।
कमेन्ट गर्नुहोस्