
बुधबार, माघ २८, २०७७ तिलोत्तमा। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको एकैपटक मूल्य बढाएको हो।निगमले आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। ग्याँसको बढेको मुल्य एक हजार चार सय रुपैयाँ पुगेको छ ।
नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पर्ने छ।यस पटक निगमले हवाई इनधनको मूल्य भने यबढाएको छैन ।इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य समायोजन गरिएको भन्दै निगमले मूल्य नबढाए पाक्षिक रुपमा ९७।७५ करोड घाटा हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस्