
तिलोत्तमा २८ माघ २०७७। बैतडीकी १७ वर्षीय भागरथी भट्टको बलात्कारपछि भएको हत्याको बिरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको छ ।अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको आयोजनामा मंगलबार मध्यान्ह बुटवलको अस्पताल लाइन भुड्की चोकमा बिरोध प्रदर्शन भएको हो ।बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष अम्वीका मुड्वरीले बलात्कारी र हत्या हिंसामा संलग्नलाई कारबाही गर्नुको सट्टा सरकारले संरक्षण गर्ने गरेका कारण मुलुकमा अपराधिक घटना बृद्धि भएको दाबी गरे ।
निर्मला पन्तको बलत्कारपछि भएको हत्या लगायतका महिला हिंसाका घटनामा संलग्न अपराधीहरुलाई कानूनी दायरामा ल्याउन नसकेका कारण अपराधीहरुको मनोवल बढेको भन्दै उहाँले १७ वर्षीय भागरथी भट्टको घटना त्यसैको उपज भएको बताएका थिए।घटनामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै अध्यक्ष मुडवरीले हत्या हिंसाको बिरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य मनोज थापा,अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही अध्यक्ष दीपा सिटौला लगायतले बोल्दै पछिल्लो समय हत्या हिंसाका घटना बढ्दै गएको भन्दै अपराधीलाई कानूनी दायरामा ल्याउन माग गरे ।प्रदर्शनमा निर्मला पन्त र भागरथि भट्टका बलत्कारि र हत्यारालाई कार्बाहि गर, सम्पुर्ण वाल बालिकाहरुको सुरक्षा गर,हत्यारालाई संरक्षण गर्ने दलाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।
कमेन्ट गर्नुहोस्