लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रेडियो लुम्बिनीको अध्यक्षमा पाण्डे सर्बसम्मत निर्बाचित

IMG

तिलोत्तमा,२०७७ माघ २७। लुम्विनी सुचना तथा संचार संस्था लिमिटेडद्धारा संचालित रेडियो लुम्बिनीको अध्यक्षमा दुर्गा प्रसाद पाण्डे निर्बिरोध निर्बाचित भएका छन्। मंगलबार ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न ११ औं अधिवेशनले दुर्गाप्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे र सदस्यहरुमा देवी वाग्ले,इन्द्रबहादुर सुनार,मनिष अधिकारी, रामबहादुर बस्नेत, रामप्रसाद ढकाल ,सुरजप्रसाद पाण्डेय,शारदा अर्जेल, भगवती घिमिरे, विष्णुप्रसाद भण्डारी,लोकराज चापागाईँ, ,मधुकला कुँवर, श्याम बस्याल,तामनाथ पाण्डेय रहनुभएको छ । अधिवेशनले  केशवराज गौतम संयोजक  र लेखनाथ पाण्डेय र तुल्सीराम कडेल सदस्य रहेको लेखा समिति सर्वसम्मत चयन गरेको छ । यसअघि संस्थाका अध्यक्ष इन्जिनियर दुजेन्द्र बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रेडियो लुम्बिनीको २२ वर्षे यात्रामा समुदायका निम्ति महत्वपूर्ण काम   गरेको उल्लेख गर्दै यसलाई अझै परिष्कृत गर्दै लैजाने बताउनुभयो ।साधारण सभाले अध्यक्षको प्रतिवेदन ,कोषध्यक्ष अर्जुनराज उपाध्यायद्वारा प्रस्तुत प्रतिवेदन र लेखा संयोजक विष्णुप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।





संस्थाका अध्यक्ष इन्जिनियर दुजेन्द्र बस्नेतको अध्यक्षता तथा  लुम्विनी प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा विभिन्न योगदान गर्ने कर्मचारी , पुर्व कर्मचारी, ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो।  कार्यक्रममा प्रदेश सभाका संसद, तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे,विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी , बिज्ञापन दाता लगायत शुभेच्छुकको उपस्थिति रहेको थियो।  सो साधारण सभा निबर्तमान उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेको स्वागत तथा केशव गौतमको सञ्चालनमा सम्पन्न भएको थियो। 


कमेन्ट गर्नुहोस्