लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हरेक वडामा आधारभूत स्वास्थ्य सेवाको अभियानमा तिलोत्तमा

IMG

तिलोत्तमा २०७७ माघ २५। हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुरुप  तिलोत्तमा नगरपालिकाको वडा नं. १५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । सखुवानीमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । यो सँगै तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । बाँकी एक वडामा छिट्टै स्वास्थ्य संस्था पुर्याउने गरी काम अघि बढेको छ । 




आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्ष खेमराज गुरुङ, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले आधारभूत स्वास्थ्य सेवा महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।

कमेन्ट गर्नुहोस्