लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा बन्दको निक्कै प्रभाव,फ़ाट्टफ़ुट्ट बाहेक पसल,ब्यबसाय,सडक ठप्प

IMG

तिलोत्तमा ,२०७७ माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले घोषणा गरेको आमहड्तालको प्रभाव बुटवल, तिलोत्तमा,भैरहवा अनि देवदह र सैनामैना क्षेत्रमा बिहानैदेखि निक्कै परेको छ । सधै चहलपहल हुने चोक, सडक,पसल ब्यबसायहरु फाटफ़ुट्ट बाहेक सबै ठप्प छन्। लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा सडकमा मोटरसाइकल अटो रिक्सा सवारीहरु फाट्टफुट्ट मात्रै देखिएका छन् । 


नेकपाले बुटवलको  राजमार्ग चाैराहाको मूल सडकमा ट्याक्टर तेर्साएर बाटाे बन्द गराएको छ । यता आइसिआइ पथ मिलनचाेकमा भने २ वटा ट्रक राखेर बाटाे अबरुद्ध गरिएकाे छ। प्रहरी प्रशासनले बुटवलक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।प्रहरीले साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा बन्दकर्तालाइ तितर-बितर बनाउन हिडीरहेको छ । बुधबार अबेर गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । तर सडकमा पातलो संख्यामा निजी तथा साना सवारीहरु मात्रै देखिएका छन्  । बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौ‌ र अन्य जिल्लामा गरि ८० जनालाइ पक्राउ गरेको छ।




बन्दको दिन बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । बन्दको विकल्प खोजका लागि जनताले आग्रह गर्दै सामाजिक संजालमा भने बिरोध र समर्थन ५०/५० रहेको छ। केहिले सामाजिक संजालमा प्रतिगामी तत्वका बिरोधमा आन्दोलन घोषणा गरिनु र आन्दोलनका बेला बन्द हड्ताल हुनु सामान्य भएको बताएका छन् भने कहिले बन्दको विकल्प खोज्नुपर्ने बताउदै प्रचण्ड–माधव समुहको बन्दका कारण आफुहरु मारमा परेको बताएका छन्।

कमेन्ट गर्नुहोस्