
१८ माघ, तिलोत्तमा । स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयस त्रिपाठीले अग्रपंतिमा रहेका सबैलाई खोप लगाउन आग्रह गरेका छन् । त्रिपाठीले नेपालमा आएको खोप अरु देशमा परिक्षण भइसकेकोले आसंका नगर्न पनि आग्रह गर्नुभएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रको निरिक्षण गर्दै त्रिपाठीले अहिलेको खोप ट्रायल अवधिको लागि नभएकाले सबैले लगाउनुपर्ने बताउनुभयो। त्रिपाठीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीहरुलाई समेत आग्रह गर्नुभयो। भारत सरकारले अनुदानमा दिएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई लगाइँदै छ ।
खोप अभियानको लागि स्थानिय तहसँग समन्वय गरेर अघि बढ्न मन्त्री त्रिपाठीले निर्देशन दिनुभयो । त्रिपाठीले पालिकाका सरसफाइकर्मीहरुलाई सहज रुपमा खोपकेन्द्र सम्म आउने वातावरण बनाउन प्रदेशका प्रमुख सचिव भरतमणी सुवेदीलाई आग्रह गर्नुभयो । अस्पतालको खोप केन्द्रको निरिक्षिण पछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो। शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरिक्षण गरेका मन्त्री त्रिपाठी आज बुटवल आउनुभएको हो।
कमेन्ट गर्नुहोस्