
१५ माघ, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगरभित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीहरुले ३५ दिन भित्र आबेदन दिन अनुरोध गरेको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले २०७७।१०।०९ गते प्रथम पटक प्रकाशित सूचनाअनुसार नगरपालिकाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७७ फागुन १३ गतेभित्र वडा कार्यालयमा बुझाउन आग्रह गरेको छ।
सो आबेदन मार्फतसंगै घरदैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्ट्याईं गर्ने प्रमाण कागजात सिधै पेश गर्न समेत नगरपालिकाले आग्रह गरेको छ। त्यस सम्बन्धि बुझ्न या थप जानकारीको लागि त्यस्ता भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीहरुले वडा कार्यालय वा स्थानीय जनप्रतिनिधिहरुसँग सम्पर्क राख्न समेत अनुरोध गरेको छ।
कमेन्ट गर्नुहोस्