लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीले चुनाव हुन्छ र दुईतिहाई ल्याउंछु भन्नु हास्यासपद–घनश्याम भुसाल

IMG

बुटवल, माघ १२। नेकपा दाहाल नेपाल समूहका नेता घनश्याम भुसालले पार्टीमा एकतिहाई भोट नभएको प्रधानमन्त्रीले निर्वाचनमा दुई तिहाई भोट ल्याउंछु भन्नु हास्यास्पद भएको बताउनुभएको छ ।सोमबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लवले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको नाटक र नौटंकीबाटै चुनाव हुंदैन भन्ने निश्चित भएको दावी गर्नुभयो ।उहांले संविधान च्यातेर, लोकतन्त्र घाइते र असफल पारेर निर्वाचन हुनै नसक्ने बताउनुभयो ।भुसालले अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्यप्रमाणले पनि संसद जिवितै छ भन्ने पुष्टि भएको बताउंदै ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दावी गर्नुभयो ।


उहांले संविधाको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने जनाउनुभयो । नेता भुसालले निर्वाचन आयोगले पार्टी विवादसम्बन्धी कुनै पनि निर्णय गर्न नसक्नु उसको कमजोरी भएको बताउंदै आयोगले निर्णय गर्न नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।उहांले बहुमत केन्द्रिय सदस्य भएको प्रचण्ड नेपाल समूहको नेकपा नै आधिकारिक भएको दावी गर्नुभयो । उहांले आयोगले नेकपाको केन्द्रिय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टी गर्नुले नै आफूहरु आधिकारिक भएको प्रष्ट भएको जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्