लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग

IMG

तिलोत्तमा माघ ११,२०७७। केन्द्रिय तथ्यांक विभागले जनगणना २०७८ का लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा दरखास्त आह्वान गरेको हो ।


इच्छुक व्यक्तिले विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने विभागले जनाएको छ ।आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्