
तिलोत्तमा माघ ११,२०७७। राजनीतिक रुपमा विभाजित भई पार्टीको आधिकारिकता दाबी गरेका नेकपाका दुवै पक्षमध्ये निर्वाचन आयोगले कुनै पक्षको पनि दाबी स्वीकार गरेन।निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको हो।आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।बैठकले ३० पेजको निर्णय गरेको उनले बताए।‘आज बसेको बैठकले साविक नेकपाको केन्द्रीय समितीका लागि पेस गरेको विवरण नै कायम रहेको र सोही जानकारी दुबै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘दुबै पक्षले दाबी गरेअनुसार बिचमा गरिएका हेरफेर र संसोधन गर्न मिल्ने देखिएन।’
कमेन्ट गर्नुहोस्