लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औं साधारणसभा सम्पन्न

IMG

तिलोत्तमा, २०७७ माघ १०।  जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ केन्द्रीय सञ्चालक तथा नेपाली काग्रेस जिल्ला सचिव रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खाँणले सहकारीहरु बचत तथा ऋणको मात्रै काम गर्ने भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लाग्नुको विकल्प नभएको बताउनुभयो ।


राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य माधवलाल देवकोटा, प्रदेश बचत संघ लुम्बिनीका अध्यक्ष कृष्ण नेपाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, प्रदेश बचत संघ का सचिव बसन्त ढकाल, नेप्सुनका केन्द्रीय सञ्चालक सन्दीप सापकोटा, रुपन्देही दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे, आवाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम बन्जाडे, लोकवाणी सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष राधा ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा संघका लेखा समिति संयोजक जगन्नाथ गौतमले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष दामोदर पंगेनीले कोषाध्यक्षको प्रतिवेदन र सचिव तथा प्रदेश सहकारी विकास बोर्डका सदस्य टिका न्यौपानेले कार्यक्रम को संचालन गर्दै सचिवको प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्