लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से बढ्दा बैंक शेयरमा तटस्थ ?

IMG

८ माघ, तिलोत्तमा। साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो । समग्रमा बजार उर्लिए पनि धेरै कम्पनीका सेयर मूल्यहरु घटे । स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, सानिमा, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सीयल लगायतका बैंकहरुको सेयर मूल्य ओरालो लाग्यो । कृषि विकास बैंक, प्रभु बैंक लगायतको सेयर मूल्य घट्न पनि सकेन, बढ्न पनि सकेन ।अन्य क्षेत्रका लगानीकर्ताहरुले राम्रै कमाएका छन् । बिहीबार कारोबार भएकामध्ये सबैभन्दा धेरै कमाउनेमा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् ।


सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरु देखिएका छन् ।सपोर्टको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किक ब्रेक नै लाग्यो । दिनभर कारोबार हुन नपाएको यस संस्थाको सेयर मूल्य १ सय ३८ रुपैयाँले बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ ।अन्य क्षेत्रका लगानीकर्ताहरुले पनि कमाएका छन् । तर, बैंकिङ सेक्टरका लगानीकर्ताहरुले भने बिहीबार गुमाउनु पर्‍यो । सीमित केहि बाहेक अधिकांश बैंकको सेयर मूल्य घटेको छ । बैंकिङ परिसूचक बिहीबार ३ दशमलव ८३ अंकले घटेको छ ।सबै क्षेत्र बढ्दा बैंकिङ चाहिँ किन घट्यो त भन्ने विषयमा विश्लेषकदेखि लगानीकर्तासम्म अचम्ममा छन् । सेयर विश्लेषक तथा पू्र्व बैंकर अनलराज भट्टराई अहिलेको बजार देखेर आफैं छक्क परेको सुनाउँछन् । अहिले बैंकिङ क्षेत्र घट्ने र अरु बढ्नुपर्ने खास कुनै कारण नरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्