
माघ ७ गते २०७७ , तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा कोटिहवामा युथ ग्रुपले शान्तीपूर्ण आन्दोलन गरि प्रर्दशन गरेका छन् ।बालिका लाई न्याय दे, बलत्कारी कहिले सम्म फासि हुन्न जहिले सम्म।बलत्कारीलाई कारबाही गर, महिला हिसां बन्द गर भन्ने नाराका साँथ तिलोत्तमामा रहेका निजि तथा सरकारी विद्यालयहरुको सहभागीतामा शान्तीर्पूण आन्दोलन गरि कोटिहवा चोक स्थित खुला सडकम कोणसभामा परिणत भएको थियो ।
बालिकाको आफन्त र गाँउलेले अभियुक्तलाई कडा कारबाहीको माग गदै बलत्कारीलाइ फासिको माग राख्दै युथ गु्रपले संयुोत्तः रुपमा आन्दोलन गरेका हुन ।पाँच वर्षिया बालिका पाच दिनदेखि काठमाडौं स्थित टिचिङ अस्पतालको बेडमा छटपटाइरहेकी छन्। अस्पतालमासँगै रहेकी बालिकाकी आमाका अनुसार नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्ने अपराधीलाई आजीवन काराबासको सजाय हुनु पर्ने माग परिवार र आफन्तले गरेका छन।सो सभामा देशभरी विभिन्न किसिमका महिला हिंसाका घटनाहरु बढिरहेकाले अवको निकासका बारेमा सरकारले केही न केहि सोच्नु परेकाले हरेक क्षेत्रका नगरिकले अग्रसर्ता हुन आश्यक रहेको प्रदेश नं ५ संसद रमा अर्याल बताईन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी ५ वर्षीय बालिकालाई बलात्कार गर्ने पिडकलाई हदैसम्मको कारवाही गर्ने वातावरण सिजर्ना गर्न र बालिकाको उपचारमा दरिलो साथ दिन आग्रह गर्दै नगरपालिकाका मेयर बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाईएको छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने ‘महिला सचेतना, अधिकार र सशक्तिकरणका लागि आवाज’ संस्थाले सोमबार नगरपालिकाको कार्यालयमा पुगेर मेयर घिमिरेलाई पिडकलाई हदैसम्मको कारवाहीको वातावरण निर्माण गर्न र पिडित बालिकाको उपचारमा दरिलो साथ दिनको लागि आग्रह गरेको हो ।
ज्ञापन पत्रमा नगरपालिकाको तर्फबाट प्रयाप्त सहयोग तथा सद्भाव नदेखिँदा पिडितलाई संरक्षण गर्न खोजिएको हो की भन्ने त्यस समुदायमा आशंका उत्पन्न भएकोले त्यस्ता आशंका समेत उत्पन्न हुन नदिनेगरी काम गर्न समेत आग्रह गरिएको छ ।त्यस अवसरमा बोल्दै मेयर घिमिरेले बालिका बलत्कृत भएको भोलीपल्ट मात्रै आफूले थाहा पाएको र थाहा पाएलगत्तै आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गरेको बताउनु भयो। उहाँले पिडितलाई हदैसम्मको कारवाहीको लागि जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग नियमित संम्पर्क भईरहेको बताउँदै बालिकाको उपचारको लागि सम्बन्धित कार्यालयले जिम्मा लिईसकेको तथा उपचारमा लैजाने ल्याउने तथा त्यस बाहेकका खर्च नगरपालिकाले व्यहोर्ने गरी नगरपालिका तयार रहेको जानकारी समेत गराउनु भयो ।
बालिका बलात्कारको आरोपमा प्रहरीले कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. १० का ओमबहादुर बिकलाई पक्राउ गरि अनुसन्धान अंगाडी बढाएको छ । बालिका बलात्कारको अभियोगमा पक्राउ परेको ओमबहादुरले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भईरहेको बताईएको छ ।
कमेन्ट गर्नुहोस्