
माघ ७ गते २०७७ , तिलोत्तमा। दु:खद घटना घट्यो। पुष-माघको त्यो सिरासिराहट जाडो। माघे संक्रान्तिको दिन हराएकि आफ्नी ५ बर्षीय चेलीको त्यो अवस्था देख्दा जोकसैको मन धरधर्ति रुवाउछ। त्यो आशुले बाटो पाउदैन, कुन खोलामा गएर मिसिने हो। त्यसदिनको त्यो नरपिचासको व्यग्रता। र समाजको डरलाग्दो कालो चस्माले त्यो दिन मात्रै होइन मन सबैको अध्यारो बनाइदियो। रुपन्देहीको तिलोत्तमा-१५ कोटिहवामा भएको त्यो घटना नरपिचासहरुका लागि नौलो भने होइन। नेपालमा ओरेकको तथ्यांक अनुसार देशभर अहिले १६ बर्ष भन्दा मुनिका उमेरका बालिका बलात्कार ५१ प्रतिशत छ। नहोस भनेर सोच्ने यो घट्नाको तथ्यांक समाजमा एकदमै डरलाग्दो हो। नैतिक शिक्षा र मानबियता समबेदना फितलो बन्दै गएका कारण यस्तो घटना दिन प्रतिदिन दोहोरिएको विश्लेषकहरु बताउछन। यसमा प्रबिधिको दुरुपयोगले पनि स्थान राख्छ। परिवारमा बालिका युवती बृद्दा प्रति पुरुषले गर्ने निच व्यवहारलाई साहसको रुपमा हेर्ने पद्दति र बानी ब्यबहारले यसलाई अझै उत्कर्षमा पुर्याउन सहयोग गरेको छ। नेपालमा दैनिक ६ जनाको बलात्कार हुने प्रहरीको निष्कर्ष छ।
ओरेकका प्रतिनिधिको विश्लेषण छ , खेलौना या खानेकुराको लोभ लालच, बिना अबरोध, प्रतिकार गर्न नसक्ने ,धम्किने अनि डराउने कारणले बालिका बलात्कार र त्यसपछिको हत्या बढेको अनुमान छ। तर त्यो मात्रै कारण पक्का हुन सक्दैन। हाम्रो संवेदनहीनता , कडा नीति र कानुन अनि परिवार बाटै त्यो खालको परामर्श पनि यसको कारण हो। कति पिडित बालिकाको लागि न्याय मागेर अर्की बालिका सडकमा असुरक्षित हुने ? प्रहरी प्रशासनले मात्रै घटनाको बारेमा बोलेर तर्साएर के यस्ता घटना कम होला ? हुदैन कदापि , जबसम्म हामी आफैमा चेतनशील भएरै पारिवारिक परामर्शले यस्ता घटनालाई प्रशय नदिई समाजबाटै टाढा बनाउछ तबसम्म यस्ता घटनाले दिन दुइ गुणा रात चौगुना बढ्दछ।
तर सधै हामी तथ्यांक मै रहेर बिदेशमा यति यहा यति भन्दै बस्ने बेला छैन। सहज उम्किदै जाने दोषी र यसलाई बचाउ गर्ने समाजको कारण यस्ता झन् डरलाग्दो गरि बढेको देखिन्छ। पीडितले न्याय पाएको देखिदैन , कानुनले तोकेको सजाय दिन समेत अहिले सर्बोच्च सम्म पुगेका ३ प्रतिशत घटनाले मात्रै सुनुवाई पाएका छन्। अझै धेरै जसो घटनाका त पिडक नै भेटिदैनन , र त्यसबेला बालिकाका आमा बुवा दिदि बैनी र अरुलाई ख्यार्ख्यारती सोध्ने काम मात्रै हुन्छ। सधै समाजका आन्दोलनले मात्रै हुने भए कन्चनपुरकि निर्मलाका हत्यारा पत्ता लाग्थे। तर त्यसो नहुने रैछ त्यसैले यी र यस्ता घटनाले समाजका अरु त्यस्ता बालिकाका परिवारलाइ झनै असुरक्षित बनाइरहेको छ। अब यस्ता घटनाको निर्मुल पार्न समाजमा हामी के गर्न सक्छौ त्यो बाटो अपनाउनु जरुरि छ। त्यस्ता नरपिचास अपराधिहरुलाई समाजमा नाङ्गो झार नपारेसम्म यस्ता घटनाको जति निन्दा गरेपनि कमै हुन्छ। जो कसैको छोरी बलात्कार या त्यसपछिको हत्या भएका परिवारका सदस्यले त्यस्ता नरपिचासलाइ पनि निर्मम तरिकाले समाजकै अगाडी तड्पाई तड्पाई मार्नुपर्ने अडान र आक्रोश पोख्छन। विदेशको तथ्यांक हेर्दा दैनिक हुने १५ घटनामा ६ जनालाई दोषी पट्ट लगाई फासीसम्मको सजाय दिदा समेत त्यस्ता घटना कम नभएको देखिन्छ , त्यसैले कडा भन्दा कडा सजायले मात्र पनि यस्ता घट्ना कम हुने देखिन्न , त्यसैले यो प्रश्न हामी आफैले आफैलाई सोध्नु पर्ने बेला भएको छ ,यो समाज कसको हो म कसका लागि ? समाज भन्दा अगाडी म आफै नसुध्रिए सम्म यी र यस्ता घटनाको जति निन्दा गरेपनि कमै हुन्छ।
कमेन्ट गर्नुहोस्