लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक शिलान्यास,२ लेनको ५२ फिटे सडक बन्ने

IMG

तिलोत्तमा, ५ माघ २०७७। रुपन्देहीको  तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको आज शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले शिलान्यास गरेका हुन् ।  मन्त्री चौधरीले सडक शिलन्यास  गर्दे तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर रहने बताए ।


नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकको रुपमा परिचित यो सडक विस्तार कार्यको लागत ३४ करोड अनुमान गरिएको छ । स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक वहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं. १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पुर्याउने यो सडक निर्माणलाई तिनै तहका जनप्रतिनिधिहरुले विशेष महत्व दिँदै आएका छन् ।बेलबास—बेथरी सडक, तिनाउ करिडोर, पत्थारडाँडा—तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयूक्र्त हुने उनको भनाइ छ ।


सोही कार्यक्रममा प्रदेश सांसदहरु तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र  सहकार्य अपरिहार्य रहने बताए । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए ।

कमेन्ट गर्नुहोस्