लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुबाट जादै गरेको कारमा १ करोड ४७ लाख

IMG

तिलोत्तमा, ५ माघ २०७७।  नेपाल प्रहरीको काठमाडौं स्थित नागढुंगा चेक पोईन्टले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। नियमित चेक जाँचका क्रममा प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ जादै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई कम्पनीको कारबाट सो रकम सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेकोमा १ जना भारतीय नागरिक छन् भने एकजना कार चालक कपिलवस्तु बाँडगँगाका स्थायी बासिन्दा हुन् ।भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारुलाई रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताईएको छ ।प्रहरीका अनुसार काठमाडौं भित्राउनका लागि ल्याईएको सो रकमलाई कारको बिभिन्न भागमा लुकाईछिपाई राखिएको थियो । बरामद रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ।पक्राउ परेका २ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्