लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउ मिसनको ५५ औ शाखा बर्दघाटमा

IMG

तिलोत्तमा, ५ माघ २०७७।  तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको ५५ औं शाखा नवलपरासी पश्चिमको बर्दघाटमा सञ्चालनमा आएको छ। बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं। ४ बर्दघाटमा थप शाखा विस्तार गरेको हो । आज देखि सञ्चालनमा आएको शाखाको एक समारोहका बीच विकास बैंक संचालक समितका अध्यक्ष जीवन प्रसाद ओझा र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले संयुक्त रुपमा उदघाटन गरे ।शाखा उद्घाटनकै अवसर पारेर बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत स्थानीय दाउन्नेदेवी माध्यमिक विद्यालय र श्री नवजीवन माध्यमिक विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामग्री प्रदान गरेको थियो ।


उदघाटन कार्यक्रममा बोल्दै बैंकका संचालक समितिका अध्यक्ष जिवन प्रसाद ओझाले सर्वसाधारणलाई आधुनिक बैंकका पहुंचमा पु-याउन गाँउगाँउमा बैंकले शाखा खोल्दै गएको बताए ।कार्यक्रममा संचालक सदस्य ऋषिराम पाण्डे, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।१७ अर्व ६७ करोड निक्षेप संकलन गरी १३ अर्व ३० करोड कर्जा लगानी गरेको बैंकले १५ वटा एटिएमबाट सेवा दिईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक ईन्टरनेशनलले गाभ्नको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिए लगत्तै सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्