लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा कारागारहरुको अनुगमन

IMG

     तुलसीपुर,माघ १। दाङ जिल्लामा रहेका दुईवटा कारागारहरुको प्रमुख जिल्ला अधिकारि जयनारायण आचार्यले अनुगमन गर्नुभएको छ ।अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारि आचार्यले प्रायजसो सबै कोठा कोठामा पुगेर कैदि बन्दिहरुको बारेमा जानकारि लिनु भएको थियो।  कारागारहरुमा बन्दि जिवन बिताई रहेका नागरिक हरुलाई बस्न र खान केहि पनि समस्या नहोस भन्ने उदेश्य लिएर जिल्लाका कारागारहरुमा अनुगमन गरिएको थियो ।सो अबसरमा कारागारमा रहेका प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगिको भुमिका निर्बाह गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।सो अबसरमा बन्दिहरुका चौकिदारहरुले सामुहिकरुपमा समस्या राखेका थिए ।उनिहरुले लाईब्रेरिमा प्रयाप्त किताबहरु नभएको,खेल सामाग्रिको कमि भएको,खानेपानिको ब्यबस्थापन गर्नुपर्ने,र तुलसीपुरमा भएको पुरानो कारागारमा पानि चुहिने समस्या भएको हुदा बस्न कठिनाई रहेको लगायतका समस्याहरु राखेका थिय ।यस्तै उनिहरुले कारागारभित्र सुधारिएको चुल्लो ब्यबस्थापन हुन नसक्दा बिभिन्न स्वास्थ्य  समस्याहरु झेल्नुपरेको बताएका थिए ।सो अबसरमा मुलुकि ऐन लागु भैसकेको अबश्थामा पनि कारागार प्रशासनमा केहि सुधार हुन नसक्नु दुखद भएको बताएका थिय । ६ महिना कैद बाकि रहेका बन्दिहरुलाई निर्माण ,सिपमुलक र उत्पादनमा लगाउनुपर्ने प्राबधान कानुनमा रहेपनि अहिले सम्म यो कानुन कार्यान्वयन हुन नसक्नु बन्दिहरुका लागि दुखको कुरा रहेको बताएका थिए ।


कारागारमा सुधारिएको चुल्हो 

यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्याल दागले केन्द्रमा सिफारिस गरेको छ ।यस अघि परम्परागतरुपमा चलि आएको दाउराबाट खाना पकाउने काम भैरहेको थियो जसबाट कारागार भित्र बिभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका दुईवटै कैरागारहरुमा दाउरा बिस्थापित गरेर ग्यास र ईलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न बिभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारि दिनुभयो ।उहाका अनुसार कारागारहरुमा आबश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखितरुपमा पेश गरेर नितिगत रुपमै समाधान गर्ने तर्फ आफु लागिपरेको समेत बताउनुभयो ।


बन्दिहरुलाई खेल सामाग्रि हस्तान्त्रण 

यता प्रमुख जिल्ला अधिकारि आचार्यको अनुरोधमा दागमा रहेका दुई कारागारहरुमा खेल सामाग्रिहरु हस्तान्त्रण गरिएको छ ।तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालले ब्यक्तिगतरुपमा खेल सामाग्रि प्रदान गर्नुभएको थियो ।फुटबल,भलिबल,ब्याटम्यान्टिन र नेट सहितका खेल सामाग्रिहरु प्रमुख जिल्ला अधिकारि मार्फत कारागारहरुमा प्रदान गरिएको थियो ।

सो अबसरमा जिल्ला प्रहरि प्रमुख एसपि गणेश चन्द,तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दागका अध्यक्ष शरद रेग्मीलगायतको सहभागिता रहेको थियो ।

तुलसीपुर कारागारमा चार सय ८४ जना र घोराहि कारागारमा पनि सोहि हाराहारिमा कैदिहरु बिभिन्न मुद्दामा कैद सजाय भोगिरहेका छन ।                                                           

कमेन्ट गर्नुहोस्