लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स क्लब अफ बुटवल खस्यौलीद्धारा बिद्यालय जाने झोला वितरण

IMG

तिलोत्तमा,पुस २९। लायन्स क्लब अफ बुटवल खस्यौलीले कुश्मा माध्यामिक विद्यालयमा अध्ययन गर्ने बालबालीकाको लागी बिद्यालय जाने झोला वितरण  गरेको छ । लायन्स क्लब अफ बुटवल खस्यौलीको बार्षिक कार्ययोजना अन्र्तगत कपिलबस्तुको श्री माध्यामिक विद्यालयमा अध्ययन गर्ने ३० जना विद्यार्थीको लागी क्लवले बिद्यालय जाने झोला वितरण गरेको हो । लायन्स अन्तराष्ट्रियका सस्थापक मेल्भिन जोन्सको १४२औ जन्मोत्सवको अवसर पारेर क्लबले त्यहा अध्यनरत विद्यार्थीहरुको लागी बिद्यालय जाने झोला प्रदान गरेको क्लवका अध्यक्ष लायन राजु पौडेलले जानकारी दिनुभयो । 


बिद्यालय जाने झोला हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तौलिहवा नगरपालीका वडा नम्बर-९ का वडा अध्यक्ष शिव बहादुर वाग्लेले रुपन्देहीको बुटवलबाट कपिलबस्तुमा आएर यहाका बालबालिकाको समस्यालाई बुझी पढ्ने झोला प्रदान गरेकोमा क्लवलाई धन्यबाद ब्यक्त गर्नु भयो । सो अवसरमा बोल्दै क्लवका सस्थापक अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठले क्लवले लायन्स अन्तराष्ट्रियको उद्धेश्य अनुसार आफु भन्दा कम भाग्यमानीको लागी सेवा गर्दै आएको र आगामी दिनमा पनि यसरीनै सामाजिक कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो  उहाँले क्लवले आयोजना गर्ने प्राय जसो कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद समेत व्यक्त गर्नु भयो । 


बिद्यालय जाने झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टोल बिकाश समितिका अध्यक्ष, शिक्षक,अभिभावक  लगायत क्लबका सदस्यहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । 

कमेन्ट गर्नुहोस्