लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फोहोरबाट मोहरको रणनीतिमा तिलोत्तमा नगरपालिका

IMG

तिलोत्तमा,पुस २८।  मनग्य फोहोर भए कति हो कति मोहोर , फोहोरको उचित ब्यबस्थापनले मोहोर कमाइ हुन्छ र त्यसले आर्थिक समृद्दीमा टेवा पुग्छ। बिगत स्थानिय तह संचालन देखि नै फोहोर ब्यबस्थापनमा लागेको तिलोत्तमा नगरपालिका अहिले आमजनता सामु फोहोरको उचित ब्यबस्थापन बाट कमाइ गर्ने बाताबरण मिलाउदै छ।स्थानीय तहलाई टाउको दुखाइको विषय बनिरहेको फोहोरमैला व्यवस्थापन रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भने सहज भएको छ । नगरपालिका र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले फोहोरलाई ‘मोहर’ मा बदल्ने गरी काम सुरु गरेपछि फोहोरमैला व्यवस्थापन सहज हुँदै गएको हो ।फोहोरमैला व्यवस्थापनको जिम्मेवारी वास सहकारीलाई दिएर नगरको दैनिक १० टन फोहर व्यवस्थापन थालिएको छ । सहकारीले करहिया सामुदायिक वनको सुखौला खोला उकास क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरेको छ।वनले आफ्नो गुरुयोजनामा समेटेर केन्द्र सञ्चालनका लागि झन्डै ५ बिघा जमिन उपलब्ध गराएको छ । 





फोहोरबाट मोहर निक्लिन्छ भन्ने उखान बल्ल स्थानीय सरकारले बुझ्न थालेका छन् । नगरभित्रको वास स्वास्थ्य सहकारीले हाल आफ्नो लगानीमा फोहोरमैला संकलनका लागि ४ वटा ट्रयाक्टर, एउटा कम्प्रेसर मेसिन र ३० जना कर्मचारीबाट काम सुरु गरेको छ ।सहकारीले हाल वडा नम्बर ७, ८, ९ र १५ को फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । तत्काल वडा नम्बर ११ र क्रमशः सम्पूर्ण नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्ने सहकारीको योजना छ ।हाल तिलोत्तमामा वडा नम्बर २ ले आफ्नै व्यवस्थापन र बाँकी १ देखि ६ वडाको फोहोर निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन गर्दै आएका छन् । निजी क्षेत्रसँगको सम्झौता अवधि सकिएसँगै सबै वडाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी वास सहकारीलाई दिने नगरपालिकाको तयारी छ । नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनका लागि ट्रस, पहुँच मार्ग, खोलामा रिटेनिङ वाल, विद्युत्को व्यवस्था मिलाइएको छ । कार्यक्षेत्र विस्तारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ । हाल फोहोरमैला प्रशोधन केन्द्रमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 


सबै प्रकारका सिसा, धातु, पानीका बोतल, सेतो पोलोथिनलाई कम्प्रेसर मेसिनले थिची सानो आकार दिएर बेच्ने गरिएको छ । सहकारीले उपभोक्ताबाट फोहोरमैला व्यवस्थापन शुल्क उठाउन थालेको छ ।सहकारीमा सदस्यतासमेत खुला राखिएको छ । एक व्यक्तिले न्यूनतम ५ हजारदेखि १ लाख रुपैयाँसम्मको सेयर लिन सक्छन् ।समुदाय स्तरबाटै फोहोरमैला व्यवस्थापन हुन थालेपछि नगरपालिकाले यसलाई प्रोत्साहन गरिने जनाएको छ । खुला शून्य पोलोथिन अभियानमा रहेको तिलोत्तमाले फोहोरमैला प्रशोधन केन्द्रलाई थप सुदृढ गराउन सहयोग गर्ने भएको छ ।प्रशोधन केन्द्रलाई नै दिगो रूपमा अत्याधुनिक फोहोरमैला व्यस्थापन केन्द्रको रूपमा अघि बढाउने योजना बनाइएको छ । 


थप पूर्वाधार निर्माणमा ६६ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सहकारीले १ करोडभन्दा बढी सेयरमार्फत जम्मा गरेको पैसा लगानी गरेको छ ।सरसफाइमा यस क्षेत्रमै नमुना बनेको तिलोत्तमाले फोहोरमैला व्यवस्थापनलाई दिगो रूपमा अघि बढाउन थालेकामा नगरबासीले खुसी व्यक्त गरेका छन् । नगरबासी सेवाशुल्क तिर्न तयार रहेको तर फोहोरमैला व्यवस्थापन चुस्त हुनुपर्ने स्थानीयको मागलाई पनि नगरपालिकाले सम्बोधन गर्ने भएको छ ।


कमेन्ट गर्नुहोस्