लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगर प्रहरीको सर्हानिय काम, घाइते साँढेको उद्दारमा खटिए मेयरसंगै नगर-प्रहरी

IMG

तिलोत्तमा,पुस २७। तिलोत्तमा,पुस २७। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा गाइबस्तु नियन्त्रणमा धेरै प्रयास गरेको छ।  सडकमा छोडिएका गाइ, बाच्छा, साढे लगायतका पशुको उचित ब्यबस्थापनमा गौशाला निर्माण ब्यबस्थापनदेखि तिनीहरुका कारण हुने सडक दुर्घटनाबाट आम मानिसलाई बचाउन विभिन्न खाले क्रियाकलाप गर्दै आएको छ।  तिलोत्तमा नगरप्रहरीका इन्चार्ज नरप्रसाद श्रेष्ठका अनुसार हरेक दिन सडकमा छाडा छोडिएका गाइ-गोरु ब्यबस्थापनाका लागि नगर प्रहरी जवानहरु दिन रात खटिएको जानकारी दिएका छन्। सधै जसो सडकबाट त्यस्ता पशु छोपेर गौशाला पुर्याउनु मात्र नभएर त्यस्ता खाले पशुको अवस्थाका बारेमा समेत नगरप्रहरी सधै चिन्तित रहेको इन्चार्ज श्रेष्ठले बताए।  



एकदिन अघिमात्र तिलोत्तमा -१ नयामिल जनसेवा क्लब नजिक एक साँढेको पेटमा खुकुरी रोपिएको देखेपछि खबर गरेका स्थानियको अनुरोध पछि नगर-प्रहरी तिलोत्तमाले नगरप्रमुख बासुदेव घिमिरे सहितको सहभागितामा स्थानीयको मद्दतमा सो साँढेको पेटमा रोपिएको खुकुरी निकाल्न सफल भएको थियो। सोहि दिन सो साढे समाउन नसकिएपनि अर्को दिन देवदह स्थित कामधेनु गौशाला अनुसन्धान केन्द्रको सहयोगमा साँढेलाई बेहोस बनाउन गन प्रयोग गरी समातेर उपचारको लागि कामधेनु गौशाला पठाइएको छ । १ दिन अघि निकै कठिन प्रयासपछि साढेको शरीरबाट खुकुरी निकाल्न सफल भए पनि साँढेलाई समाउन सकिएको थिएन ।




यसअघि पनि नगरप्रहरीको संलग्नतामा विभिन्न स्थानमा छाडा छोडिएको पशु ब्यबस्थापनमा खटिदै आएको तिलोत्तमा नगरप्रहरीका इन्चार्ज नर प्रसाद श्रेष्ठ बताउछन।  यस बारेमा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले मानबिय नाताले यस्ता छाडा पशुहरुलाई निर्मम रुपमा गरिएको यस्तो घृणित कार्यप्रति दु:ख ब्यक्त गर्नुभएको छ।  उहाले गाइले दुध दिदासम्म पाल्ने, किसानहरुले बाच्छो पाएपछि, दुध दिन छाडेपछि, बिरामी या घाइते भएपछी सडकमा छोड्ने प्रवृतिले सबैलाई दु:खी बनाएको बताउनुभयो। पशुइको ब्यबस्थापन हामी सबैको दायित्व भएकोले अब आइन्दा यो या त्यो बहानामा छाडा पशु नछोड्ने संकल्प गर्न जरुरि रहेको नगरप्रमुख घिमिरेले बताउनुभयो।  पशु बिमाको अनुदान नगरपालिकाले बाडिरहेकोले यस बारेमा पशुपालक कृषकले बुझेर आफ्ना पशुपन्छीको बिमा गराउन उहाले सबैलाई आग्रह समेत गर्नुभयो। पशु बिमाले सबै किसानको पशुबाट हुने जोखिम उठाउन सहज हुने र पशुपालन कार्य सहज हुने भन्दै नगर प्रमुख घिमिरेले सडकमा छाडिएका पशुहरुलाई गौशालासम्म पुर्याउनु सबैको दायित्व भएकाले सो कार्यमा सहयोग पुर्याउन सबैलाई आग्रह समेत गर्नुभयो।  


कमेन्ट गर्नुहोस्