लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि प्रहरीको ३ महिने अभियान

IMG

तिलोत्तमा,पुस २७। जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्न साथै समाजमा हुने वालविवाहको न्यूनीकरण गर्न र यस्ता विभेदका विषयमा शुन्य सहनशिलता कायम गर्न संचालन लुम्बिनी प्रदेश प्रहरीले ३ महिने अभियान नै चलाएको छ। “जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागी लुम्बिनी प्रदेश प्रहरीको ३ महिने अभियान” नाम दीइएको सो अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा, पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने लुम्बिनी प्रदेश प्रहरीद्वारा जारि बिज्ञप्तिमा प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले बताउनुभएको छ।


उहाले अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याई जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्न अभियान सफल रहने बताउनुभयो।अभियान पौष २६ गते देखि सुरु भई चैत्र २६ गते सम्म लुम्विनी प्रदेशस्तरका सम्पुर्ण जिल्ला र  ५३ स्थानका इलाका प्रहरी कार्यालय र ६५ अन्य प्रहरी कार्यालयबाट संञ्चालन गरिने उहाको भनाइ छ ।


लुम्बिनी प्रदेश प्रहरीले अभियान अवधिभर कम्तिमा जम्मा ३९० वटा कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ। लुम्विनी प्रदेश प्रहरीले संचालन गरेको यस अभियानलाई उपलब्धिमुलक बनाउन सबै आम जनताले आ-आफ्नो तर्फबाट सहयोग गर्न र सक्रिय बनि आफु माथि भएका या देखेका त्यस्तो खालको अपराध भईरहेको थाहा पाएमा प्रहरी लाई सूचना दिई सचेत नागरिकको पहिचान दिन अनुरोध समेत गरेको छ। 

कमेन्ट गर्नुहोस्