लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यौनजन्य दुर्व्यवहारमा पर्नु भएमा वा भैरहेको देख्नु भएमा खबर गर्नुस : लुम्बिनी प्रदेश प्रहरी

IMG

तिलोत्तमा,पुस २७।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध विशेष अभियान (SAFETY PIN POLICE CAMPAIGN) थालेको छ ।यौनजन्य दुर्व्यवहार विरुद्धको कार्यलाई नियन्त्रण गरी सुरक्षित, सभ्य र महिला तथा बालबालिकामैत्री वातावरणको सिर्जना गर्नका लागि यौनजन्य दुर्व्यवहार विरुद्धको विशेष अभियान थालिएकोलुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरीष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।


उनले यसका लागि  यौनजन्य दुर्व्यवहार विरुद्धको  कार्ययोजना २०७७ संचालन गरिएको जानकारी दिए । तीन महिने (पुस-फागुन) अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्नेछ अपेक्षा गरिएको छ ।पुस १ गतेबाट संचालन भएको यो अभियानको पहिलो चरण अन्तर्गतको कार्यक्रम सकिएको र अब २४ गतेबाट दोस्रो र तेस्रो चरण अन्तर्गतका काम थालिएको बैदवारले बताए  ।


अभियान अन्तर्गतलुम्बिनी प्रदेश ट्राप्रका बुटवल,जिल्ला प्रहरी कार्यालय १२, ईप्रका ९५, जिट्राप्रका१२ गरि जम्मा १२० प्रहरी युनिट बाट प्रत्येक महिना दुई वटा कार्यक्रम संचालन गरिने र अवधिभर जम्मा ७२० वटा कार्यक्रम संचालन गरिने प्रहरीले जनाएको छ ।प्रहरीले संचालन गरेको (SAFETY PIN CAMPAIGN )मा सहभागि हुन र सार्वजनिक स्थान र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुर्व्यवहारमा पर्नु भएमा वा यौनजन्य दुर्व्यवहार भैरहेको देख्नु भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि प्रहरीको आग्रह छ ।  

कमेन्ट गर्नुहोस्