लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

IMG

तिलोत्तमा,पुस २५। बुटवल ११ देविनगरमा अवस्थित लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको बाह्रौ वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।संघकी अध्यक्ष लक्ष्मी पोखरेलको अध्यक्षता एवं सचिव पुष्कर भुसालको संचालनमा भएको बाह्रौ वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले राधा पन्थ सुवेदी अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा पुष्कर भुसाल, सचिवमा दिपक भट्टराई, कोषाध्यक्षमा ज्योति श्रेष्ठ, सदस्यहरुमा मोहन पौडेल, शिवराज अधिकारी, दुर्गा प्रसाद अर्याल र पार्वती थापा रहनुभएको छ ।



कमेन्ट गर्नुहोस्