
तिलोत्तमा,पुस २४,२०७७। नेपालमा आज थप ५५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।अहिलेसम्म मृत्यु हुनेको संख्या १९०९ रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५२६९ जनाको गरिएको पीसीआर परीक्षणमा ५५४ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा ५८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५७ हजार २ सय २९ जना छन् ।
नेपालमा निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा २०७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १७१, भक्तपुरमा १३ र ललितपुरमा २३ जना संक्रमित थपिए ।
कमेन्ट गर्नुहोस्