
पौष २३ , २०७७, तिलोत्तमा । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखा अन्तरगत बुटवल क्षेत्रका ब्यवसायीहरुलाई विहिबार बुटवलमा खुद्रा भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले केवल नाफा कमाउने र बिक्रि गर्ने कामसंगै ब्यवसायीहरु आन्तरिक ब्यवस्थापनमा जोड दिन सुझाव दिए । खुला सिमाका कारण भारतिय औषधीको दबदबा बजारमा रहेको उनले बताए । यसैगरि होलसेल विक्रेता र खुद्रा औषधी विक्रेताहरु बिच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने उनले बताए ।खुद्रा औषधी ब्यवसायीहरु पेशाप्रति वफादार, ब्यवस्थित र उत्तरदायी बन्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन ।
रुपन्देहीमा हरेकजसो क्षेत्रमा फरकफरक समस्याहरु रहेको संघका अध्यक्ष सुरज भट्टराईले बताए । पछिल्लोसमय रुपन्देहीका विभिन्न स्थानमा गरिएको अन्तरक्रियाको क्रममा लुम्बिनी क्षेत्रमा झोले चिकित्सक, भैरहवा क्षेत्रमा भारतिय औषधी लगायतको समस्या देखिएको उनले बताए । संघका विशेष सल्लाहकार लोकहरि श्रेष्ठ, डा.रोहितराज क्षेत्री, सल्लाहकार बैकुण्ठ कोईराला, महासचिव पुरुषोत्तम भट्टराईले पेशालाई संगठित, ब्यवस्थित र मर्यादित बनाउन सुझाव दिए । मुख्य रुपमा सामाजिक समस्या, एकआपसमा ब्यवसायी बिच द्वन्दको समस्या, खुद्रा र थोक ब्यवसायी बिच समस्या तथा नितिगत समस्या गरि ४ प्रकारका समस्या अहिले देखिएको उनिहरु बताउछन ।
फुट सप्लिमेन्ट्री र कस्मेटिक औषधी विक्रिमा विरामीहरु डिस्काउन्ट, औषधीको म्याद सकिने लगायतका समस्यालाई समाधानका बाटा खोल्न उनिहरुको सुझाव छ ।कतिपय कस्मेटिक उपचार र औषधी राख्नुपर्ने बाध्यता रहेपनि यसबाट फाईदा नहुने उनिहरु बताए ।गुणयुक्त असरयुक्त, जनसुरक्षित औषधीको आपुर्ति, हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिक हितका लागि क्षेत्रगत ४ वटा भेला, सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, आर्थिक सहयोग लगायतका कार्यक्रमहरु गरेको छ ।
कमेन्ट गर्नुहोस्