लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पानीजहाज सञ्चालनकालागि जनशक्ति उत्पादन तालिम केन्द्र स्थापना हुँदै ,उपयुक्त स्थानकाे खाेजी

IMG

पौष १९, २०७७, तिलोत्तमा । नेपालमा पानी जहाज सञ्चालनकाे चर्चा  सुरु  भएपछि पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि नेपाल मरिन ट्रेनिङ रिसर्च सेन्टर स्थापनाकाे पहल शुरू भएकाे छ । विदेशमा अध्ययन गरेर यस क्षेत्रमा कार्यरत रहिसकेका नेपाली युवाहरूकाे पहलमा  यसका लागि सम्भाव्य अध्ययनका साथै स्थापनाका लागि जग्गा खाेजी गर्ने कार्य भइरहेको छ । उक्त अभियानकाका अभियानकर्मी मरिन  इन्जिनियर निशान आर्चायकाअनुसार सेन्टर स्थापना भएपछि पानीजहाज संचालनको लागि चाहिने जनशक्ति नेपालमै उत्पादन हुने र त्यस्तै प्राकृतिक विपत्त न्युनिकरणकालागि चाहिने जनशक्ति उत्पादन गरिनेछ । उनका अनुसार वर्षमा करिब ६ सय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति,गोताखोर , भूकम्प ,आगलागी जस्ता प्राकृतिक बिपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि चाहिने जनशक्ति उत्पादन गर्न नेपालमै पहिलोपटक सो ट्रेनिङ्ग सेन्टर खोल्न लागेको उनको भनाइ छ। उक्त संस्थामा आचार्य लगायत नेपाली र बिदेशी युवाकाे पनि लगानी रहने छ ।




पहिलोपटक काठमाडौ वा चितवनमा स्थापना गर्न लागेको उक्त संस्था आवश्यकता अनुसार देशका अन्य भागमापनि बिस्तारै विस्तार गर्ने लक्ष्य  राखिएको छ । कम्पनीले नेपाल सरकार लगायत सराेकारवाला सबैको साथ सहयोगको अपेक्षा राखेको छ । नेपालमा पानी जहाज कार्यालयले नियमन गर्ने उक्त कम्पनि स्थापना भएपछि  पानी जहाज र प्राकृतिक विपतका लागि चाहिने जनशक्ति नेपालमै उपलब्ध हुने र राेजगारी  प्रदान हुने बताइएको छ । कम्पनि स्थापनाका लागि  लगानीकर्ताहरूले पानीजहाजसम्बन्धी कानून पारित कहिले हुन्छ भनेर कुरिरहेका छन ।पानीजहाज कार्यालय खुल्नासाथै ‘पानीजहाज दर्तासम्बन्धी ऐन २०२७’ लाई प्रतिस्थापन गर्न नयाँ ऐन ल्याउन तयारी थालियो ।


कार्यालयले अन्तर्राष्ट्रिय अभ्यास, जल यातायात र पारवहनसम्बन्धी कानून, सन्धि, महासन्धि, अभिसन्धि र नेपालको कानूनी व्यवस्था लगायतका अध्ययन गरेर, ऐनको मस्यौदा बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएकाे छ।त्यसबाहेक केही नदीमा पानीजहाज चलाउन भनेर अध्ययन गरेको छ । प्रस्तावित ऐनले जल यातायात सञ्चालन, व्यवस्थापन र नियमन गर्नेछ । त्यसपछि नेपाली ध्वजाबाहक पानीजहाज समुन्द्रमा चलाउने सरकारी घोषणा कार्यान्वयनको बाटो खुल्छ । अन्तर्राष्ट्रिय अभ्यास पछ्याउने यो ऐनले सामुन्द्रिक बन्दरगाहबाट नेपालसम्म पानीजहाज ल्याउने सरकारी योजनालाई कानूनी आधार दिने छ । याे सँगै पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि कम्पनि स्थापना गर्न कानुनी बाटाे खुल्ने छ ।

कमेन्ट गर्नुहोस्