
पौष २०७७, तिलोत्तमा । स्थानीय तहमा लैंगिक नीति ,कार्यक्रम र अभ्यासको सहजीकरण का लागि तिलोत्तमा नगरपालिकामा कानुन तथा नितिको पुनरावलोकन तथा लैङ्गिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। नगरका बिषयगत शाखाका कर्मचारीहरुलाई दिइएको सो अभिमुखीकरण कार्यक्रममा नगरको समग्र नीति र सेवा प्रबाह लैंगिक मैत्री बनाउन आवश्यक प्रक्रिया तथा उपाय हरुको बारेमा सहजीकरण गरिएको थियो। कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे, उप प्रमुख जागेश्वरी देवी चौधरी, कार्यपालिका सदस्य तथा नगर प्रबक्ता सुरेन्द्र श्री , प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल, अधिकारकर्मी इन्दिरा अर्याल,मिनाक्षि न्यौपाने, विभिन्न वार्डका सचिव, बिषयगत शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमले सामाजिक, सांस्कृतिक रुपमा भएका बिकृतीलाई समाजबाट अन्त्य गर्दै सकारात्मक गुणलाई नितिमा र अभ्यासमा ल्याउदै सभ्य र सुसस्कृत नगर निर्माण गर्न टेवा पुर्याउने बताउनुभयो। सो कार्यक्रममा अधिकारकर्मी तथा अधिबक्ता बिष्णु खत्रीले सहजीकरण गर्नु भएको थियो। यस अघि तिलोत्तमा नगरका नगरसभाका सम्पुर्ण सदस्यहरुलाई पनि सो बिसयमा प्रशिक्षित गरि सकिएको नगर प्रबक्ता सुरेन्द्र श्रीले बताए।
कमेन्ट गर्नुहोस्