लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीको गैर जिम्मेबार कदमले मुलुक गृहयुद्धमा जानसक्छ:पहाडी

IMG

पौष १८, २०७७, तिलोत्तमा । मानवअधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटन गरेपछि मुलुक गृह युद्धमा जानसक्ने चेतावनी दिएका छन् । संसद विघटन गर्नु संविधान र लोकतन्त्रको मर्म विपरित भएको उल्लेख गर्दै उनले एक व्यक्तिको सनकका भरमा जनताले दुःख पाउनु पर्ने अवस्था आएको बताए । विघटन गरिएको संसद पुनःस्थापना हुने बताउँदै उनले भने-‘प्रतिगमन र राजासँग न्यायलयले साठगाँठ गर्यो भने मात्रै संसद पुनःस्थापना हुँदैन ।’संसद विघटन भयो र आगामी बैशाखमा हुने भनिएको निर्वाचन सफल नभएको अवस्थामा मुलुक गृह युद्धमा फस्न सक्ने चेतावनी दिए । ‘बैशाखमा चुनाव भएन भने अर्को खिलराजको जन्म हुन्छ । संविधान फेल हुने बित्तिकै क्षत्रवादको आन्दोलन मच्चीन्छ, जातीवाद मच्चिन्छ र वैदेशिक शक्तिहरु सलवलाउछन् ।’-पहाडीले भने ‘संविधान र सरकारको रिक्तताको अवस्थामा राष्ट्रपति सक्रिय भएर सेना परिचालित गर्दा सेनालाई विवादमा ल्याउने काम हुन्छ ।’


मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनलाई शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै पहाडीले प्रधानमन्त्रीले संसदको अनादर गरी अध्यादेशबाट मुलुक चलाउने प्रयास गरिएको उल्लेख गरे । अहिलेको अवस्थाले पूर्व राजावादीहरु खुसी भएको उल्लेख गर्दै उनले कुनै पनि अवस्थामा राजतन्त्र नफर्किने तर गणतन्त्र विकृत हुने बताए । उत्तर र दक्षिणका शक्ति राष्ट्रहरुले नेपाल भित्र चलखेल गर्न सुरु गरिसकेको बताउँदै उनले त्यस्तो अवस्थामा नेपाली जनता मिचुवामा पर्ने बताए ।यसैगरी समाजका केन्द्रिय अध्यक्ष उत्तम पुडासैनीले संसद पुनःस्थापनको माग गर्दै प्रधानमन्त्रीको कदमले लोकतन्त्र खतरामा परेको बताए । संसद विघटनले जनआन्दोलन र जनताको भावना विपरित जाने काम गरिएको उनले बताए ।




समाजको सभापतिमा पुन: खनाल,सचिवमा ज्ञवाली चयन

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेकाे छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे,काेषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।त्यस्तैगरी समाजकाे सदस्यहरुमा अर्जुन कुवर,कमला पाण्डे (अधिकारी),जमुना पाैडेल,बिजु पाैडेल,सिता भट्टराइ,लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन्  ।बुटवलमा शनिबार भएकाे अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेकाे निर्वाचन समितिका संयाेजक हरिष ढकालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्