लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साहको गाडी

tillotmacitynews - 2021 Jan 02 09:43 PM
IMG

पौष १८, २०७७, सर्लाही — सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ ।


प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको उनले बताए । मन्त्री साहको गाडीको ठक्करबाट घाइते भएका बच्चु तामाङ।ढुंगानाले राज्यको मन्त्री जस्तो गरिमा पदमा बसेका व्यक्तीले मानवियता समेत नदेखाएको बताए । ‘दुर्घटना नहुने कुरो हैन, तर ठक्कर लागेपछि सामान्य मनिसले पनि मानवियता देखाउनुपर्छ, वहाँ त अहिलेको बहालवाला मन्त्री पर्नु भयो र पनि ठक्कर दिएपछि झन् भाग्नु भयो,’ उनले भने, ‘हामीले तत्काल उद्धार गर्दा घाइतेको अवस्था सामान्य बनेको छ, यसमा मन्त्रीज्युले गल्ती महसुस गर्नुपर्छ ।’


मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो । प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे । ‘मन्त्री ज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यसबारेमामाथि जाहेर गरिसकेका छौं,’ उनले भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ ।’

कमेन्ट गर्नुहोस्